यो
मन
ढल्दैन,
ढल्छ तन ।
सादृश्यहीन !
मन ताक्छ व्योम,
तनले ताक्छ भौम,
विचित्रको विसंगति ।
मन जस्तै हुनु नि तन !
चिरयौवन, चिरमन्मथ ।
बेइमानी गर्छ यो मन
यातना सहन्छ तन
डोर्याउँछ पछाडि
बलीको पाठोझैँ
बिचरातन !
लाचार छ,
क्षीण छ,
पौढ
छ ।
मिलन बोहोरा
विश्वनाथ
असम, भारत
[email protected]