• २०७९ चैत १२ आइतबार

गजल

सीता बिष्ट कार्की

सीता बिष्ट कार्की

म रूदा तिमी रमाएनि खुशी छु
अर्कैको हात समाएनि खुशी छु

यहाँ स्वार्थमा जीउनु छैन मलाई
तिम्ले धन नकमाएनि खुशी छु

जे गर्छौ ठिकैनै गर्छौ सोची मैले
टाढै मलाई चराएनि खुशी छु

हुन्छौ अरू सँगै हरेक प्रहरमा
तिमी उल्टै कराएनि खुशी छु

तिमी जेसुकै गर मैले माया गर्छु
तड्पाई प्रेममा मराएनि खुशी छु ।।


(सीता बिष्ट कार्की चर्चित कवि हुन् ।)
[email protected]


नेलहरू

आह्वान

कदम