जीवनमा केही बन्ने मेरो ठूलो धोको थियो
भाग्यले साथ न दिदा मन साह्रै रोको थियो ।
संसारमा बाँच्नलाई सककधै हाँसेर नै बाककचे
के थाहात्यो हाककसोमा आँशुको पोको थियो ।
जीवनको गोरेटोमा दीप खुशीको बाल्न खोज्दा
औशीको कालो रात ले शत्रु बनि छोको थियो ।
साँच्चो प्रेमको वाचा गरेर साथी कति बने जीवनमा
कसरी भनुँ घात गरी वाचा तोड़्ने कोको थियो ।
जीवनमा न्यानो मायाको साथ नपाउँदा
यो मन सँधै सँधैको निम्ति भोको थियो ।
नीता गुरूंग भाटिया, गुवाहाटी, असमभारत
[email protected]