कविता

घमण्ड
म
सुक्ष्म
दुबो हुँ,
तिमी भव्य
बोधिवृक्ष हौ
व्यर्थ पौँठेजोरी
नडराउ मलाई
हे भूपति वृक्षराज !
म पनि सृष्टिको खेल हुँ,
तिमी आकाश ओगट्छौ सारा
मास्न खोज्छौ बिरूवा सबै
सृष्टि निमोठ्न खोज्दछौ
तिमी भव्य विशाल
महानता हीन
तिमी सुदृश्य
ढुङ्गे मन
घमण्ड
व्यर्थ
छ ।
कोमलाङ्गी
म
काव्य
विरही
देवदास,
मन्मथ भई
अबाध डुल्छु
शब्द रूपशालामा
पारो, चन्द्रमुखी देखि
सौन्दर्यको मदिरा लिन्छु
कसैले प्रेमीक नाम राखे
कसैले पागल सजाए,
कसैले छिः भनिदिए
वास्ता छैन मलाई
मकरन्द खोज्दै
लर्बराएँ म
कोमलाङ्गी
शब्दले
चुम्दै
छन् ।
मिलन बोहोरा, विश्वनाथ, असम, भारत
[email protected]