English Poem
प्रकृतिको काखमा
घाम देख्छु दिनमा
घामसँगै रमाउँछु
जून देख्छु रातमा
जूनसँगै रमाउँछु
उर्वर बन्दछ माटो
अन्न मिल्दछ शरीरका निम्ति
पोषण पाउँछु जीवनका निम्ति
रहन्न कष्ट अनि
हुरहुर बल्दछ आगो
ताप मिल्दछ ज्यानलाई
प्रकाश पाउँछु अँध्यारोलाई
भाग्दछ पीर अनि
सिरसिर चल्दछ हावा
न्यानो मिल्दछ तनभरि
शीतल पाउँछु मनभरि
बिर्सन्छु दुःख अनि
कलकल बग्दछ पानी
सुधा मिल्दछ प्राणका लागि
शीतल पाउँछु त्राणका लागि
भुल्दछु पीडा अनि
शीतल वायुको हुन्छ जब स्पर्श
अमृत जलको हुन्छ जब स्पर्श
पाएर जब न्यानो घामको
पाएर शीतल जब जूनको
लिएपछि जब पोषण माटोको
पाएपछि जब ताप आगोको
मेरो मनमा छाउँछ तब वसन्त
अनि फक्रिन्छ एउटा सुन्दर फूल
सुगन्ध लिएर त्यही फूलको
चोरेर मुस्कान त्यही फूलको
हाँसेको छु म
नाचेको छु म
बाँचेको छु म
प्रकृतिको काखमा
डम्बर बिकेल
[email protected]