• २०८० मंसिर १९ मङ्गलबार

जिन्दगी अन्त्यहिन संघर्ष

युवराज अधिकारी

युवराज अधिकारी

धेरै जसो केहीगर्न खोजेर रूमल्लिन्छौँ
प्राय पूर्णताको लागि
संघर्ष गर्दा- गर्दै
अपूर्णतामा झुलिन्छौँ
हो
प्राय सुखाईला दिनहरू कल्पेर
दुखाइलो जीवन बाँच्दछौँ
हृदयभरी आर्तनाद बोकेर
ओठ भरी हाँस्दछौँ
यसरी नै त बाँचेका छौँ
सायद बाँच्ने र बाँच्ने उम्मिद राख्नुको
प्रतिरूप नै अन्त्यहिन संघर्ष हो
र पनि भोगाईको खोला बगिरहन्छ
तर प्रत्येक ठक्करमा
सुस्केरासित बोल्छौँ
जिन्दगी अन्त्यहिन संघर्ष हो ।


युवराज अधिकारी, काठमाडौँ
[email protected]