• २०८१ माघ ९ बुधबार

शुक्रबारबाट ‘पत्थरको कथा’ सर्वनाम थियटरमा

काठमाडौँ ।

सर्वनाम थियटरमा पत्थरको कथा’ नाटक मञ्चन हुने भएको छ । विजय मल्लद्वारा लिखित आध्यात्मिक चिन्तनमा आधारित नाटक शुक्रबारबाट र शनिबार मञ्चन हुन लागेको हो ।

शोषक र शोषितको कथा प्रस्तुत गर्ने नाटकको परिकल्पना र निर्देशक सन्तोष पोखरेल र स्वीकृति मिश्र हुन् । पत्थरको कथा एकाङ्कीमा स्वैरकाल्पनिक रूपमा सामाजिक र राजनैतिक विषयवस्तुलाई प्रस्तुत गरिनेछ । यो एकाङ्की २००७ सालको जनक्रान्तिपश्चात् नेपाली समाजले लिएको रूप र नेपाली जनतामा उब्जेको राजनैतिक असन्तोषको चित्रण पनि हो । नाटकमा मदन श्रेष्ठ, श्रीजा खनाल, पूजा कुमारी शाह, सुसन उप्रेती, सोम नेपाली लगायतको अभिनय रहनेछ ।