मुक्तक
काठमाडौँ ।
खोटाङमा सम्बन्ध व्याण्डले यही वैशाख ३० गते सांगीतिक साँझ गर्ने भएको छ । सुरेन्द्र राईको व्यवस्थापनमा हुने कार्यक्रममा खोटाङका नव उदीयमान कलाकारहरू मिलन राई गिटार र भोकलमा, सरोज राई ड्रमरमा, भोकल नोगेन राई र गितारमा अरुण राई रहेका छन् ।
कार्यक्रमका सदस्य तथा कलाकार अरुण राईले भने, ‘ हाम्रो खोटाङको माटोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म ख्यातिप्राप्त गायकगायिकाको जन्म भैसकेको छ । उहाँहरूबाट प्रभावित भएर हामीले सांगीतिक समूह निर्माण गरेका छौं ।
स्थानीय नयाँ प्रतिभा तथा कलाकारलाई प्रोत्साहन गर्न, सांगीतिक माध्यमबाट सामाजिक एकता र सम्बन्ध मजबुत बनाउन, दर्शकहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नु, खोटाङको साँस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने भएका छौं ।’
