प्रिया ! जीवन फूलहो काँडा सम्झेको छैन
मित्र ! भावना भूलहो छाडा सम्झेको छैन
शहीद सम्झेर मैले गद्दार बन्न सक्दिनँ म
आमा ! सम्झेको हुँ देश डाँडा सम्झेको छैन
सुन्दैछु देश एम सि सिको बोत्तलमा राखिँदैछ
बुझ्दैछु आमा अपराधीको सत्तलमा राखिँदैछ
देशद्रोहीकै बोलवाला छ सत्ता सरकार पार्टीमा
देख्दैछु युवा हो सुनलाई पित्तलमा राखिंदैछ
जिउँदो शहीद हुँ म मुग्लानी भएर के भो ?
लेख्छु कथा कहानी निगरानी भएर के भो
आततायी छन् बागडोर चलाउने देशद्रोही
मर्न चाहन्छु इतिहास छ खरानी भएर के भो
आगो खाई अँगार पारी दिन्छु यो शक्ति छ
धोका पस्यो देशमा नेपालीमा यो भक्ति छ
वीरताको गाथा हाम्रो खुकुरीको धारले भन्छ
चुनौती गरिवीको मासी सृजनामा यो रक्ती छ
जुट्ने हो कि फुट्ने हो ? राजनिती गर्ने हो ?
देशभयो पराईको ! कूटनीति भर्ने हो
छिमेकीको इशारामा कति झुल्छौं पापी हो
बैरी भए छिमेकी यी कस्तो नीति सर्ने हो
मोहन आचार्य जलद, लन्डन, बेलायत
[email protected]