• २०८१ माघ २७ आइतबार

मगरभाषाको साहित्यिक पत्रिका ‘मिक’ लोकार्पण

काठमाडौँ, २०८०।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको एक कार्यक्रमबिच जीवनप्रवेश रोकामगरले ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले प्रतिष्ठानकै देवकोटा सभाकक्षमा ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यस अवसरमा कुलपति राईले प्रतिष्ठानबाट प्रकाशित मगरभाषाको साहित्यिक पत्रिका “मिक”को विमोचन गर्दै समावेशी ढङ्गबाट सम्पूर्ण भाषाभाषीको स्वामित्वबोध हुने गरी प्रज्ञा-प्रतिष्ठानले काम गरिरहेको छ । साथै मगरभाषाको साहित्यिक पत्रिका मिक जस्तै तामाङ, राई र गुरुङलगायतका ओझेलमा परेका विभिन्न मातृभाषाका साहित्यिक पत्रिकाहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैगरी स्वागत मनतव्यका क्रममा प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कुष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै मगरभाषा -साहित्य हामी सबैको सम्पदा भएकाले यसको संरक्षण, प्रवद्र्धन र विकासमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

यस कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यको उत्थान गर्नमा प्रतिष्ठान लागिपरेको छ । क्रमशः सम्पूर्ण मातृभाषीको साहित्य सिर्जनालाई उच्च प्राथमिकता दिने बताउँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा मिक पत्रिकाको परिचय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिञ्जालीमगरले गर्नुभएको थियो ।

यस कार्यक्रममा जीवनप्रवेश रोका मगरद्वारा प्रस्तुत ‘मगर खाम (भाषा)को साहित्यिक अवस्था’ विषयक कार्यपत्रमाथि पूरक सुझाव डा.टीपी धमला, कर्णबहादुर बुढामगर, नन्दबहादुर घर्तीमगर, सुमित्रा बुढामगर, गौबहादुर आलेमगर, गोपाल पुनमगर र गुप्तबहादुर रानामगरले राख्नुभएको थियो ।कार्यक्रममा वाम्बुले राई भाषाका कवि एलिना वाम्बुले राई, गुरुङ भाषाका कवि छम गुरुङ र रानाथारू भाषाका कवि रोहित रानाथारूले आआफ्नो मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।

यसैगरी “मिक”का प्रधान सम्पादकमा प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी, कार्यकारी सम्पादकमा प्रज्ञासभा सदस्य डा. विष्णुकुमार सिञ्जालीमगर, सम्पादक मण्डलमा जीवनप्रवेश रोकामगर, जगबहादुर बुढामगर, मनकुमारी ठाडामगर (मनु), हिरामती रानामगर र हेमा आलेमगर ‘बोगी’ तथा सल्लाहकारमा प्रा. डा. केशरजङ बरालमगर, लोकबहादुर थापामगर र कर्णबहादुर बुढामगर रहनुभएको मिकको पहिलो अङ्कको विमोचन प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण तथा सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।