• २०८३ बैशाख २, बुधबार

विमुन्स पौडेलको ‘सकस’ र ‘नसुनिने आवाज’ कृतिहरू सार्वजनिक

काठमाडौं ।

कवि विमुन्स पौडेलका दुई नयाँ कविताकृति सार्वजनिक भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मुकुन्दशरण उपाध्यायलगायतले पौडेलका दुई कविताकृति ‘सकस’ र ‘नसुनिने आवाज’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रा. पुरुषोत्तम दाहालले ‘नसुनिने आवाज’माथि समीक्षात्मक टिप्पणी गर्दै विमुन्सका कवितामा जीवन दर्शन अभिव्यक्त भएको बताए । यस्तै, रत्नमणि नेपालले पनि अर्को कृतिमाथि समीक्षात्मक मन्तव्य राखे ।