• २०८१ श्रावाण ११ शुक्रबार

तीज आयो

सीता देवी

सीता देवी

नेपालीको हर्षको पर्व,
तीज आयो
केही दुःख केही सुख
बोकेर ल्यायो

कोही हास्तै हाँस्तै माइतलागे
कोहीआफ्नो घरमै गूम्सिएर बसे
आफ्नो मनका सुख दुःखका कोशेली
माईतीसँग बसेर हलुकापारे
कसलै आफ्नो दुःख मुटु मै राखि
छोरी को जिन्दिगी यस्तै नै रहेछ भनी
दुईथोपा आँसु झारे

छोरी माईत आई भनि
कसैका आमा खुसीले गद् गद् भए,
सन्टुष्टिको अनुहार लाए
कसैका आमा छोरीले आउदिन भन्ने जानी-जानी
आशाले बाहिर र भित्र गर्दा
थाकेर वेदनाको आँसु झरे
कसैका बाबा छोरी आई भनी
पसलतिर ठुलो झोला बोकी निस्के
कसेका बाबाले खोई, के पसल जानु ?
छोरी नै आईन भन्दै लामो सांस फेरे
तीज आयो,
खुसी पनि ल्यायो,
दुःख पनि ल्यायो
हेर ! छोरी को जिन्दगी
कता कता पिल्सिएर आयो ।


सीता देवी, लखिमपुर (असम), भारत
[email protected]