आलेख-भोजपुरी

तिमी प्राप्ति मेरो म त साधना हुँ
म पूजा हुँ तिम्रो म आराधना हुँ
नठान्नुनि कम्जोर नारी भनेर
पुरूषत्व गाल्ने म विराङ्गना हुँ
सधैँ गर्व गर्ने तिमी देश मेरो
त्यही देश हाक्ने म सम्भावना हुँ
तिमी काव्य हौ रे सबैले पढेको
म आफैँ पनि त्यो समालोचना हुँ
नखोल्दै अधर ती बुझे बात मन् को
म अव्यक्त तिम्रो मीठो चाहना हुँ
पुजा आराधना, बिराटनगर
[email protected] gmail.com