संस्मरण

घरको दैलो खोल्ना साथै सन्मुखमा देखिइने जोरै बर-पिपलले मलाई मेरो इतिहास सम्झाइरहन्छन् ।
कति राम्रो थियो मेरो जातिको सभ्यता र संस्कृति, प्रायजसो सबैको घर घरमा बर-पिपल रोपेर, बिहान-बेलुकी पानी चढाएर धुप, बत्तीबालेर पूजागर्ने । त्यतिमात्र कहाँ हो र ? हजुरबुवा-हजुरआमाले नौमती बजाएर बर-पिपलको “विवाह“ सम्पन्न गराएको सम्झिँदा अहिले पनि मन रमाउँछ ।
हिजो आज छोरा-नातिहरूसँग भन्यो भने त, “हजुरको दिमागी सन्तुलन हराएछ” भनिदिन्छन् ।
त्यस्तो एउटा वातावरणमा हुर्केको म, आज सभ्यताको क्रुर नङ्ग्राले मेरो संस्कृति चिथोरिएको देख्तै छु ।
आफ्नो एक्लोपनको सहारा । त्यहाँ बसेका चराहरूको सङ्गीतले बिहान मेरा आँखा उघ्रन्छन् भने उनीहरूकै बेलुकाको कलवररूपी वन्दनाले मेरो रात पर्दछ ।
नभए त एकमात्र भएको सन्तानले पनि बर-पिपल काट्न नपाएर घुर्की लगाउँदै विदेश तिर लागेको पनि धेरै नै भयो । आमाको मनै दुख्छ । बेला बेलामलाई रूखा वचन सुनाउने गर्छिन् । तर म, आफ्नो सिद्धान्तमा अटल छु। “मेरो जीवन छउन्जेल बर-पिपल कसैले काट्न पाउँदैनन् ।
हातको फोन अचानक बज्यो । मैले केहीभन्नै नपाउँदै उसले आफैँ भन्यो “बाबु मलाई माफ गर्नुहोस्, मलाई बल्ल होस् आयो, वातावरण हाम्रालागि कत्तिको आवश्यक रहेछ । म, आउँदो सोमबार सपरिवार घर फर्कंदै छु ।”
श्रीमतीलाई नजिकै देखेर फोनको स्पीकर ठुलो गरिदिएँ, ऊ भन्दै थियो “त्यो माथि डाँडामा भएको खेतमा रूखहरू लगाएर, मत्स्यपालन, पंक्षी उद्यान बनाएर आफ्नोसँग सँगै गाउँमा भएका साथीहरूको पनि रोजगार चलाउने छु । प्रकृति र वातावरण पनि सुरक्षित हुनेछ ।”
मैले केहीभन्न पाएकै थिइनँ आमाले फोन तानेर छोरालाई स्वागत गरिन् फोनबाट । आजभन्दा पाँच-छ वर्ष अगाडि लिएको दृढ सङ्कल्पले आज मेरो सन्तान होसमा आयो । कता कता मलाई पनि धेरै खुसी लाग्यो । यसरी नै दृढ सङ्कल्पगर्नु हो भने निश्चय हाम्रो वातावरण पनि सुरक्षित रहनेछ ।
श्री दुलुमणि देवी उपाध्याय (ओदालगढी, असम, भारत)
[email protected]