हिन्दी–कविता

उस्तै उस्तै लाग्छन्
हिमाल र नेपाल
पोखरा र फेवा
अतिक्रमणले थलिएपछि
उस्तै उस्तै
रहेनन् आजका
पोखरा र फेवा !
शान्त सौम्य तलाउझैँ
स्थीर रहेर
कञ्चनगङ्गाका
अनमोल छालझैँ
उफारेर
सौन्दर्यको मोहक
धारा बर्साइरह्यौ
निरन्तर
सङ्गालेर धैर्यता ।
प्रिय फेवा !
पसेर तिम्राचार दिवारबाट
निकै पहिलेदेखि
भइरहेकै हुन् अङ्ग अङ्ममा
निर्मम बलात्कार
सुनाइरहेकै हौ
त्यतिबेला देखि नै
असैह्य वेदनाको
कारूणिक चित्कार
तिम्रो सौम्यताको
अनुपम चुलीलाई
जोगाउन
चाहिँदा प्राकृतिक द्रव्यहरू
चाहिँदा गुणवत्ता
रसायनहरू
उपयोग गरिए अन्दाजमा
तीपदार्थहरू
र त दशकौँ नहुनुपर्ने
हलचल
तिम्रो सुरक्षाको
छिनभरमा नै गर्ल्याम्म ढल्यो
र देखायो तटबन्धले
आफ्नो गतिशील चाल !
पारियौ धेरै पटक
अविनासी रौद्रतामा
वेवारिसे ।
कहिले बाँध निर्माणका लागि
कहिले मर्मतका लागि
सहिरहेकै छौ इतिहासदेखि
मानवको अतिक्रमण
प्रकृतिको अतिक्रमण !
भरेर तनमा
जुनेली मन
अङ्कमाल गरेर
आभाहरू
सूर्योदय र अस्ताचलका
सम्हालेर खुशीहरू
पोखरेली मनसँगै
सयर गरिरहँदा डुङ्गामा
ददारिएको तिम्रो उदर
हुरि र असिनाका
चोटहरूमा
लगाउन पायौ त मह्लम ?
त्यसैले
आवश्यकता छ जलाधार दिन
चालेर
माटो, बालुवा, गेगर्यान
तुल्याउनु छ
सुशोभित
पुछेर हरेक पत्रपत्रमा
टाँसिएको धुलो, धुवा र मैलाका दागहरू
फैलाउनु छ सुगन्ध
छरेर विकासका अत्तरहरू
अनि
प्रतिबिम्बित गराउनु छ
तिम्रो पारदर्शी ऐनामा
हरिया नागवेली
पहाड र पुष्पलता
लता वृक्ष र निर्झर झरना ।
अनि माछापुच्छ्रेहरूका आकृति ।
भनिदो हो सायद
यसैलाई
फेवाले नपाएको
स्वर्णिम सेवा
तर अतिक्रमणपछि
उस्तै उस्तै भएनन्
आजका पोखरा र फेवा !
उप प्रा. हिममाया पौडेल लेखक एवं कवि हुन् ।