• २०८१ माघ १० बिहीबार

झरीसँग गुनासो

अमित संग्रौला

अमित संग्रौला

यो पानीको थोपाहरूले
तिम्रो आँशु पखाल्छ कि पखाल्दैन ?
यो चलिरहेको बतासले
तिमीलाई कतिको स्पर्श गर्छ ?

तिम्रो त्यो कोमल
मुटुलाई छुन्छ कि छुदैन ?
अहो ! मनभित्र कस्तो अनुभुति
कस्तो अलौकिक आनन्द
मुसलधारे पानी परिरहेको छ ।

हिजो, अस्ति, आज
केहिदिन देखि बर्सिरको छ यो झरी
यो पानी यो झरीलाई सम्झिने बितिकै
बिरूवाहरू मौलाए
कोपिलामा रङ्ग चढ्यो र
फुलहरू लजाए
लाभाहरू पनि सकृय भएँ ।

आज म प्रफुल्ल छु
शान्त भएको छु
किनकि आज झरीसँगै
प्रकृतिसँगको प्रेममा छु
कस्तो चिसो स्पर्श गरेको
मुटुलाई छुने गरि ।

यो पानी यो झरी
यो मौसम
आकाशमा बादलहरू नाचिरहेका
धेरै समयपछि
प्रकृतिले आफ्नो आँशु
पखालेर हल्का भएको जस्तो छ ।

कसैका लागि यो झरी
आँशुको धारा नबनोस्
पीडाको आँशु नबगोस्
झरीसँगको प्रेमको साथै
दुःख व्यक्त गर्दछु ।


अमित संग्रौला (बिर्तामोड झापा)
[email protected]