• २०८१ भाद्र २७ बिहीबार

रातका कुरा

ज्ञानेन्द्र गदाल

ज्ञानेन्द्र गदाल

हामी कुरा गरिरह्यौं, रात धेरै-धेरै गयो
त्यो सम्पूर्ण रात नै, उनको अनि मेरै भयो ।

तन थकित-थकित थियो, चङ्गा थियो मन खुवै
उमङ्गको लहर थियो, प्रफुल्ल थियौं हामी दुवै
आँखा-आँखा मुस्कुराउँथे, मनै-मनले कुरा गर्थ्यो
आँखा चिम्ली अधरले, इन्द्रेणीको रंग भर्थ्यो ।

कस्तो खेल पिरतीको, निद्रा पनि हर्दो  रैछ
मनले एउटा चाहेपछि, बाँकी सारा टर्दो  रैछ
त्यसै-त्यसै रमाउथ्यौं, एक अर्काको चाहनामा
इच्छाहरू पूरा भए, खुसीको त्यो बहानामा ।


(ज्ञानेन्द्र गदाल चर्चित गीतकार हुन् ।)
[email protected]