वरिष्ठ साहित्यकार मोहन हिमांशु थापाको स्वर्गारोहण भएको छ । वि.सं. १९९३ मा गोकर्णमा जन्मनु भएका थापा हाल ललितपुरको नखिपोटमा बस्नुहुन्थ्यो । त्यही निवासमा उहाँको ३ दिनअघि रक्तचापको कारण निधन भएको हो । विदेशमा रहेका छोराको प्रतीक्षामा पार्थिव शरीर त्यतिकै राखिएको थियो । आज फागुन ६ गते दिउँसो ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
प्रा. ड़ा मोहनहिमांशु थापा, थापा भएर पनि नेपाल (नेवारी) भाषामा दखल राख्नु हुन्थ्यो र उहाँ त्यही भाषा कलेजमा पढाउने गर्नु हुन्थ्यो । उहाँका ‘खुकुरीमाथि एक चौटा बादल’ कविता सङ्ग्रहसहित ‘साहित्य परिचय’ लगायतका समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।