• २०८३ बैशाख ५, शनिबार

नियात्राविद् जय छाङ्छा सम्मानित

काठमाडौ ।

विश्व नेपाली साहित्य प्रज्ञाप्रतिष्ठान काठमाडौँ, नेपालले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, स्रष्टा सम्मान तथा वसन्त काव्योत्सव सम्पन्न गरेको छ । वरिष्ठ संगीतकार बुलु मुकारुङको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रज्ञाप्रतिष्ठानले स्रष्टा सम्मान अन्तर्गत नियात्राविद् जय छाङ्छालाइ सम्मान गरेको छ । प्रमुख अतिथि, सभाध्यक्ष र विशेष अतिथिले स्रष्टाद्वय राई र विष्टलाई सम्मान अर्पिएको हो । स्रष्टा सम्मान तथा सिर्जना वाचन समारोह काठमाडौँ घट्टेकुलोमा आयोजना गरिएको हो ।

कविहरू कविता वाचन गरेका थिए । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाइले संस्थाको गतिविधिबारे प्रकाश पार्दै उपस्थित सम्पूर्ण साहित्यकार अनि साहित्यानुरागीहरूलाई शब्दमार्फत स्वागत गरेका थिए । त्यसैगरी प्रसाइले सम्मानित स्रष्टाद्वय नियात्राविद् जय छाङ्छा राई र समाजसेवी, उद्यमी सजीना विष्टको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । सम्मानित स्रष्टाद्वययले आ–आफ्ना अवधारणा प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् प्राज्ञ लक्ष्मी उप्रेती र विमला निरौलाको संयुक्त रूपमा लेखिएको विलयन काव्य बालसाहित्यको पुस्तक मोबाइलका कुरा लोकार्पण गरिएको थियो ।

लोकार्पित कृतिको परिचय स्रष्टा लक्ष्मी उप्रतीले र समिक्षा प्रसिद्ध बालसाहित्यकार डा. छायादत्र् न्यौपानेले गरेका थिए । संस्थाका सल्लाहकार किशोर उप्रेतीले सहजीकरण गरेको उक्त कार्यक्रम निकै भव्य सभ्य र उपलब्धिमूलक भएको तथा संस्थाले नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदान स्तुत्य रहेको भन्दै प्रमुख अतिथि वुलु मुकारुङ लगायत अन्य वक्ताहरुले संस्थालाई धन्यवाद दिएका थिए ।

घट्टेकुलो विकास समाजको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, उच्च माध्यमिक शिक्षा परिषद्का पूर्वउपाध्यक्ष नारायणप्रसाद कोइराला, विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा गायक ध्रुवनारायण श्रेष्ठ, डा. फणीन्द्रराज निरौला, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार सुरेशजंग शाह, राजनीतिज्ञ खगेन्द्रराज सिटौला, संस्थाका उपाध्यक्ष तेजेन्द्र प्रसाईं लगायत अन्य पदाधिकारीहरू तथा सदस्यहरु, शिक्षाविद् सोमनाथ निरौला, साहित्यकार तथा संचारकर्मी राजनप्रसाद न्यौपाने, सम्पादक वालिका गिरी, समाजसेवी ऋषिराज ओझा, कलाकार साहित्यकार जीवन श्रेष्ठ, साहित्यकार प्रेमवली ढकलपूरे, समाजसेवी प्रवीण ओझा र ध्रुव प्रसाईं, रङ्गकर्मी राज रजक, साहित्यकारहरू ललिता दोषी, डि.आर राई, अविकेशर वली, प्रकाश समीर, आशिष ऐडि, सीता घिमिरे, उदय चन्द्र दास, परीक्षा कोइराला, राधिका दाहाल, विनोद कुमार श्रेष्ठ, तिर्थराज दाहाल, कोपिला शिवाकोटी, पवन प्रसाई, डा।धिरज प्रसाई, सिता प्रसाइ, निरज प्रसाई, अनमोल प्रसाई, मिना प्रसाई, आयुष प्रसाई, ममता चुडाल लगायत कलाकार, साहित्यकार, समाजसेवी, गायक, संगीतकार, गीतकार आदिको उपस्थिति रहेको थियो ।