• २०८१ भाद्र २५ मङ्गलबार

कवि आधा प्रकाश हो

–ई. सन्तोष कुमार पोखरेल

–ई. सन्तोष कुमार पोखरेल

कवि कवि बनोस् ऊ प्रकाश बनोस्
प्रकाशले त दिने मात्र हो संसारलाई
उज्यालो एकनास बिना पक्षपात
उसको के हुनु र चाह ?
ऊ सुख र दुःख दुबैमा बेपरवाह

कवि अन्धाकारमा उज्यालो बनोस्
अनि कविताका अक्षरहरू पढ्न सकियोस्
मलाई थाहा छैन त्यों प्रकाशमा के पढ़नुपर्छ
प्रकाश त फगत प्रकाश हो
तिमीले जे चाहे नि पढ्न सक्छौ
ऊ मौन छ विवेकशून्य छ गर्नेछ तिम्रो वरण
गर्न सक्छौ स्वतन्त्र स्वच्छन्द विचरण

कविले तिमीलाई त्यो लेखिदिन न सक्ला
जुन् तिमीले चाहेको हो
कविले तिमीलाई बुझ्नै पाएको छैन
किनभने तिमी टाढा छौ
दूर नेपथ्य तिम्रो वास हो
कवि भने जगतको सास हो

तिम्रा घर छेउ र गल्लीहरूमा पनि देखिन सक्छ ऊ
हुनसक्छ ऊ तिम्रो पनि आश हो
तर विवेकशून्य हुन पाउन्नकिमार्थ
तेसैले कवि मात्र आधा प्रकाश हो
मई २५, २०७८ भक्तपुर नेपाल


-ई. सन्तोष कुमार पोखरेल
[email protected]