सम्झिएछौ
उसले बिर्सिएछ
डिलिट गरेर भुतकाललाई
मेटाएर सम्झनाका पोट्रेटहरु
सम्झिएछौ, उसले बिर्सिएछ ।
म त हतारमा थिएँ
जीवन बग्ने खोला खोज्न,
सपना फुल्ने बगैंचा खोज्न
निर्वाण मिल्ने स्थान खोज्न ।।
किनकि,
हामीले पनि बगाउनु थियोे- जीवन खोलामा
र, मिसिनु थियो कहिँ कतै- कुनै निलो समुद्रसँग
फुलाउनु थियो सपना- भविष्यको सुन्दर बगैंचामा
भेटाएर निर्वाण मिल्ने स्थान
प्राप्तगर्नु थियो मोक्ष र,
बिसाइदिनु थियो श्वासप्रश्वासको चौतारीमा
हाम्रो देह र आत्मा ।।
तर सम्झिएछौ
उसले बिर्सिएछ
चुडालेर वाधाहरु- बाँधेका
ओकलेर कसमहरु- खाएका
अधुरै छाडी प्रेमकहानी
फगत सम्झिएछौ उसले भुलेछ
हाम्रो स्वर्गीय मृत्युु खोज्न
म त हतारमा थिएँ ।।
(खोटाङ निवासी असल चरित्र यूवा कवि हुन् ।)
[email protected]