Uncategorized
मनबाट यसरी झर्नेछन् स- साना तारा अकस्मात
न हाम्रो आकाशलाई थाहा थियो न हावालाई
न रातलाई न दिनलाई..
आफ्नै आवाज आफूसम्म आइनपुग्ने कोलाहल थियो
हिजोकै जस्तो हतार थियो हामीलाई
हिँड्नै पर्ने
गाउनै पर्ने
नाच्नै पर्ने
अनि देख्नै पर्ने सपनाहरू एक एक गर्दै अनेक…
हिजैदेखि उमारेका यी फूलका कोपिलाहरू
आँखाबाट झिकेर अब कहाँ राखौँ
ए वर्तमान ?
न यो विवश जमीनले थाम्ला न वेदना फुलेको बगैँचाले…
उडानको पुरानो पाठ भुलेर
अब कसरी कोरौँ मितेरीको कथा
लङ्गडो यात्रा र अन्धो बाटाको
ए वर्तमान ?
न यी धरमर अक्षरले थाम्लान् न धुसर पृष्ठाहरूले !
(असम, भारत निवासी इन्दु प्रभा देवी चर्चित साहित्यकार हुन् ।)
[email protected]