• २०८१ श्रावाण ३ बिहीबार

कविवाल्ट ह्विटमानमा समर्पित कविगोष्ठि सम्पन्न

३० जेठ, ‘अमेरिका नेपाल साहित्य प्रतिष्ठान’ले अमेरिकी दूतावासको ‘अमेरिकन स्पेसेस इन’ नेपालको सहकार्यमा प्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटमानमा समर्पित विशेष कवि गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

तीसको दशकका कवि र युवा कविहरूको संयोजन रहेको उक्त गोष्ठिमा चालिस भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए । दुई घण्टासम्म चलेको उक्त कार्यक्रमको संयोजक कवि गोविन्दगिरी प्रेरणा, सुलभ भट्ट तथा छिरिङ तामाङले गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि अशेष मल्ल, दिव्य गिरी, गोविन्दगिरी प्रेरणा, बिश्वबिमोहन श्रेष्ठ, अमेरिका निवासी कवि वसन्त श्रेष्ठ, पवन आलेक, ऋषभदेव घिमिरे, रञ्जना निरौला, लव गाउँले, डा. विप्लब ढकाल, राधेश्याम लेकाली, मञ्जिला अनिल, भगवती बस्नेत, कमला रिसालपारू तिमल्सिना, विधान आचार्य लगायतका कविहरूको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमेरिकन स्पेसेस भैरहवा, बिराटनगर, इलाम र पोखराबाट कविहरूले प्रविधी मैत्रिबाट जोडिएर कविता वाचन गर्न भएको थियो । बिराटनगरबाट डा. सन्दर्भ गिरी, भैरहवाबाट दर्शन घिमिरे र प्रतिभा पौडेल र पोखराबाट आरती आचार्यले विविध विषयमा कविता वाचन गर्नु भएको थियो । कार्यक्रम र स्पेसेस इनका बारेमा कार्यक्रम संयोजक तथा अमेरिकन स्पेसेस स्पेसियलिस्ट सुलभ भट्टले बताउनु भएको थियो ।


ग़ज़ल

बचपन के वो गीत !

जिन्दगी