• २०८२ पुष २७, आईतवार

हे ! हरि

सरू सुवेदी

सरू सुवेदी

कस्ता आए दिन हे ! हरि
एउटै पेजमा लेख्नुपर्ने
जन्मदिन र श्रद्धाञ्जली
कस्ता दिन आए हे ! हरि

न रोएर दुःख देखाउनु
न हाँसेर खुशी देखाउनु
कस्तो विडम्बना समय
न झोक्रेर पीडा लुकाउनु

कलेजो दुखेको हुन्छ
मृत्युको समाचार रून्छ
पिरोल्छ हरक्षण
हावा लाग्दा, झरि पर्दा
चर्किँदा पनि घाम
आँसुले त्रास धुन्छ

बिहान जसरी नी हुन्छ उज्यालो
अनिदा आँखामा दिन पट्यार लाग्दो
फेरि साँझ आउँछ डरत्रास बोक्दै
पलपल छ सकस अत्यास लाग्दो

कहाली लाग्दो रात
मडारिन्छन् अनिदा आँखामा
मृत्युका भयङ्कर आकृति,
भयभीत छन् मन
यत्रतत्र छन् मृत्युका झरी
हे ! हरि।

(सरू सुवेदी चर्चित कवि हुन् ।)
[email protected]