यो भौतिक संसार नै मलाई बाधक लाग्छ ।
हुन त यही खिन्नता अरुलाइ नाटक लाग्छ ।
यता सम्हाल्यो अर्कोतिर पोखिन्छ मेरो खुसी
त्यसैले हिजोआज मुस्कान नै घातक लाग्छ ।
भोगिरहेको वर्तमान बिर्सी मदहोसी हुने रैछु,
जब तिम्रा ज्यानमारा यादको मादक लाग्छ ।
कसैले पीडाका गीत गजल कोरेको देखिन्छ,
साथी बनिहाल्छु उनीहरु मेरो प्रकाशक लाग्छ ।
जिन्दगीले यतिसम्म पर पुर्याएछ पत्तै नपाई,
आफुलाई इतिहास अनि दुनियाँ पाठक लाग्छ ।
अजिता दाहाल क्रान्ति, गंगा जमुना ७ धादिङ
[email protected]