बादल सेता स्नीग्ध हुन्छन्
हिउं जस्ता सेता चांदी जस्ता सेता
सेता हिमालमा थुप्रिंदा अझ सेता,
सागरको क्षितीजमा तैरिंदा बादल
पुलकित भएको सागर देखेकोछुं
मैले मेरा भाव हरूमा,
मनका हर ठहरावहरूमा,
कवि मनका घड़ा र गागरहरूमा
पूरा सागर देखेकोछुं ।
यी सेता कथा मेरा तन्मयतामा
घरिघरी देखा पर्थे, मन हर्थे
दूध जस्ता सेता मेरा सलील कविता,
भावनाका पोकाहरू छरपष्ट छर्दै
कत्तिलाई ढाढ़स दिँदै कत्तिका मन हर्दै
प्रेम बिरह र प्रेरणाका गीत गाएर
सलल बगेका मेरा कविता,
नरोकियून् कतै नहारून्
आजभोलि पनि बाटो नछाडून् ।
मन आज मात्र बिरह्को गीत गाइरहेकोछ
बादल आज कालो बनी आइरहेको छ ।
(सन्तोष कुमार पोखरेल चर्चित कवि हुन् ।)
[email protected]