समाचार
काठमाडौँ ।
वर्ष २०८२ को रु ५० हजार राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा.डा. माधवप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ ।
निबन्ध, समालोचना, अनुसन्धान, भाषा विज्ञान, आदि विधामा योगदान दिएका पोखरेललाई वाम बुद्धिजीवी एवं समालोचक भट्टको स्मृतिमा स्थापित सो सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ‘साहित्य सन्ध्या’ले जनाएको छ । वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा अक्षयकोष स्थापना गरी दिन थालिएको सो पुरस्कार ‘साहित्य सन्ध्या’ का अध्यक्ष राम विनयको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
पुरस्कार चयनका लागि प्रा. डा. जीवेन्द्रदेव गिरीको संयोजकत्वमा गोपालकुमार मैनाली, जयन्ती सत्याल ‘स्पन्दन’ सम्मिलित समिति गठन गरिएको थियो । यसअघि, वर्ष २०८१ को सो पुरस्कारबाट समालोचक प्रा डा वासुदेव त्रिपाठी सम्मानित भएका थिए ।
