कोटिऔ काँधहरू माथि सवार चढेर
वैतरणी पार गर्न चाहन्छौं
र आफ्नो अपरिमित चाहनालाई सिद्ध गर्न चाहन्छौं
र यसरी नै नियमित रुपमा
आफ्ना स्वार्थपूर्ण कामनाहरू पूर्ति गरिरहेछौ !
तिमी अभिनयमा प्रविण छौ
त्यसैले आफ्नो स्वार्थपूर्तिका लागि सधैँ सधैँ
अपाङ्गको अभिनय गर्ने गर्दछौं
बरू साच्चिकै
काटिदेऊ आफ्ना दिशाहीन खुट्टाहरू
गिंडिदेऊ आफ्ना कुकर्मी हातहरू
अनि फालिदेऊ कुनै ठाउँमा
थुप्रै आत्माहरूले अलिकति तृप्ति पाउन सक्छन्
जमिनले केही सिञ्चन पाउन सक्छन्
ओइलिएका फूलहरू निस्फिक्री सँग खिल्न सक्छ
प्राकृत फूलको शोभा, अहा !
कृतिम प्लास्टिकको फूलले,
उद्यान सजाउने तिम्रो सौख !
माटोमा मिल्न सक्छ
आन्द्रा सुकेका मालीको पेटमा
नयाँ जीवन पाउन सक्छ
आँगनमा पूर्वीय शुभ किरण आउन सक्छ
अगणित कामनाको भारी बोक्दै
भौतारिने मान्छेहरू
कति बोक्छौ
पसिना पुछ्दै स्वार्थको भारी
निकालेर मिल्काइ देऊ
आ- आफ्ना स्वार्थ, उच्चता र बढप्पन ।
(ढकाल कवि / लेखक तथा राजनीतिज्ञ हुनुहुन्छ)
[email protected]