लेख्नको लागि प्रशस्त
कलम कागज थियो
क्रमबध्द भई
सुन्दर सृजना बन्न
तम्तयार थिए
बर्णमालाहरु
उक्त माला उन्ने
स्वतन्त्रता हातले पाएन
मदानीमा दही हालेर
मथिमथि नौनी निकाली
घ्यु बनाए जसरी
म शब्दहरुको भिडबाट
उत्कृष्ट अर्थको चयन गरी
कलम मार्फत कागजमा
भब्य जानकारी मूलक
सृजना सृजिन चाहन्थे
त्यसको अनुमति
न मलाई
न मेरो ज्ञानलाई
न बिबेकलाई
बिभेद, इज्जत,
झुटो रिती रिवाज
अन्धपरम्परा, कुप्रथा र
’फलानोले के भन्लान’
भन्ने प्रश्नरुपी वाक्यमा
पुगेर पुर्णबिराम लाग्दछ
कुनै ठुलो अपराध
गरेको अपराधीलाई
जसरी मोटो सङ्लोले
बेरेर बन्धकी बनाईएको
मेरो क्षमता
निर्दोष भएर पनि
कैदी बनेको छ
मात्र स्वतन्त्रता
प्राप्त गर्ने
लक्षबोकी निरन्तर
सङ्घर्षशील छ
मेहेनत ।
(अंशु चर्चित कवि हुन् ।)
[email protected]