लघुकथा

भोक उदाउँदै गर्दा
निभाउन नसकेको
भाइरसको उत्पत्तिले
दोब्रिएको पेट,
सङ्कटमा परेका मुखका भित्ता नियालेर
त्यहाँ एक हुल सिराहरू युद्ध गरिरहेछ
जसरी निरीह देश र निर्धा प्राणी
सडक र पैतलाहरूका पाठशालामा
रोगप्रतिरोधात्मक क्षमताका
किताब पल्टाएर
साँच्चै सत्ताले भनेजस्तै
थुक चपाउँदै र थुक निल्दै
बाँच्नुको पाठ घोकिरहेछ ।
(‘कल्पपुञ्ज’ चर्चित साहित्यकार हुन् ।)
[email protected]