कपुर चन्दन, गुलाफ, चमेली मिठास अत्तर वासना बटुली !!
कस्तूरी हिँड्छ वनवन डुल्दै आफ्नै सुवास आफैँमा समेटी !
मृग सावकहरू रनवन डुल्दै आफ्नै मीठो माया समेटी !
चरीको चिरबिर कोकिलकण्ठले गीतको भाका अँचेटी !!
डाँफेमाथि हिमचुचुरामा आफ्नै रूपको मोहमा पर्दै !
मयुर तराई जङ्गलमा पुगी आफ्नै प्वाँखमा रङ्ग छर्दै !!
हेर न पहाडी कुञ्जगलीमा चिरबिर सुमधुर स्वर छर्दै !!
मुनाल आफ्नै ताललयमा छमछम मोहनी माया भर्दै !!
तरु–लतिकाहरू हल्लीहल्ली सुमधुर ध्वनि नौलो भर्दै
मनको पनमा मोहनी जालले फूलले मीठो वास्ना छर्दै !
पवन आफ्ना झोक्काहरूमा सड्गीतको मधुमास छर्दै !
नदी पनि कलकल ध्वनि भिरेर हिमालबाट तलतिर झर्दै !!
वर्षा टिपटिप शीतका थोपापानी बनाई सगर झरेर !
खेतका अन्न र धानका बालामा रसहरू मीठो पारी भरेर
मानवहरूको प्यास र तिर्खा मेटाई प्राणको रक्षा गरेर !
जीवनदायी अमृतवर्षा उपमा नौलोपनको रूप रचेर !!
अमृतमय सबै अन्नका दाना मानवहरूको जीवन भरेर
फलफूल वनका मीठा–रसिला कति अनौठा स्वाद बनेर !
मनको पनमा स्वाद सुगन्धको राजा दिलको भित्र पसेर !
रचना ईश्वर अपरम्पार छ यसरी गर्दछौ ईश्वर बनेर !!
(खतिवडा चर्चित साहित्यकार हुन् ।)
[email protected]