• २०८१ माघ १० बिहीबार

आमा !

राधिका गुरगाँई

राधिका गुरगाँई

तिमीले आँखाभरि देखेका सपनाहरू
तिमीले मनभरि साँचेका रहरहरू
कति पनि बिचलित नभई
जिन्दगीका सादा पानामा सन्ततिप्रति
देखाईरहयौ ममताको न्यानो स्पर्श र
सीकाईरह्यौ संस्कारका उज्याला सूत्रहरू

सपनाको कुम्लो बोकेर हिडेकि मेरि आमा
निधारमा पसीना बगाउछिन् निस्वार्थ प्रेमको उर्जा भर्छिन्
लाग्छ उनको हाँसोमा मेरो जीवन भरिएको छ

के आमारूपी आकाश भन्दा ठूलो देशछ भने
श्रद्धाको उचाई भन्दा अग्लो धरहरा संसारमा कतै छ भने
आमाको अंगालो भन्दा पनि टाढा कुनै भुगोल हुन सक्ला ?


(राधिका गुरगाँई चर्चित कवि हुन् ।)
[email protected]