• २०८१ फागुन ६ मङ्गलबार

जिन्दगी

पवनकुमार बुढाथोकी

पवनकुमार बुढाथोकी

नजिकिँदा पनि
मन टाढिए जस्तो !

जति धेरै हेर्दा पनि
आँखा न अघाए जस्तो !

गन्तव्य पहिल्याएर पनि
यात्रा भाँडिए जस्तो !

मिठो, अमिलो, चिल्लो, पिरो
टर्रो के पो हो के जस्तो !

ढुक्क भनेसी कहिले नहुने
केही न केही गरी नहुने जस्तो !

यसरी नै बितिरहेको र बित्ने भो त
यो जिन्दगी केही नमिलेको जस्तो !


(बुढाथोकी सक्रिय कवि हुन् ।)
[email protected]