• २०८१ कातिर्क २५ आइतबार

पूर्व जन्मको फल

गजेन्द्र मोक्तान

गजेन्द्र मोक्तान

चित्त नदुखोस् कसैको पनि तर्क गर्दा या बोल्दा खेरि
बोलेको बोली र बन्दुकको गोली फर्केर आउँदैन फेरि
खहरे बढ्छ पुनः सुक्छ समुद्र त जतिको त्यति नै हुन्छ
बुद्धिमान मानिसको कुरा कलियुगमा मुर्खले कहाँ सुन्छ !

रूखको जरा कति तितो हुन्छ फल चाहिँ मीठो मीठो
जिन्दगी भन्नु नै संघर्ष रहेछ मिल्दैन सुख छिटो छिटो
हार्नु हुँदैन जीवन देखि मार्नु हुँदैन कसैको प्राण पनि
जो आफैँ  भित्र सन्तुष्टि छ, ऊ नै हुन्छ संसारमा धनी !!

पूर्व जन्मको फलमात्र पाइँदो रहेछ शास्त्रले भन्दा
भए त दिनु उत्तम रहेछ गरिब दुखिलाई दान र चन्दा
मान्छे कति निराश छन् यहाँ सोचेको कुरा नपुगेर
मर्नु हुन्न त्यसै कोहि मानव, कसैको पीडा नबुझेर


(पाँचथर निवासी मोक्तान युवाकवि हुन् ।)
[email protected]