• २०७९ असोज १८ मङ्गलबार

कसले पो बुझ्छ र ?

डम्बर बिकेल

डम्बर बिकेल

हजारौँ पुछ्ने सुखको आँसु दुःखको को पुस्छ र ?
तारेभीर, यो मनको पीर कसले पो बुझ्छ र ?

छन् गेडी सबै मेरी सुखै- सुखको खात
छैनन् गेडी सबै टेढी दुःखै- दुःखको साथ
सबै ताप्छन् बलेकै आगो निभेको को ताप्छ र ?
तारेभीर, यो मनको पीर कसले पो बुझ्छ र ?

पुजिन्छन् मान्छे भगवान् भई आफ्नै धनमा
कूजिन्छन् मान्छे अपाङ्ग भई आफ्नै मनमा
सबै पुज्छन् ढुङ्गाकै मूर्ति देउता को पुज्छ र ?
तारेभीर, यो मनको पीर कसले पो बुझ्छ र ?


(बिकेल चर्चित गीतकार हुन्)
[email protected]