मैले पढ्न बाँकी पुस्तक धेरै छन्
मैले लेख्न बाँकी पुस्तक धेरै छन्
मैले समर्थन गर्नुपर्ने प्रस्ताव धेरै छन्
मैले प्रतिवाद गर्नुपर्ने प्रस्ताव धेरै छन्
मैले मिलाउनुपर्ने हिसाब धेरै छन्
मैले बिर्सनुपर्ने विषाद धेरै छन्
मैले पुरा गर्नुपर्ने महत्त्वाकाङ्क्षा धेरै छन्
मैले गर्नुपर्ने कुराहरू धेरै छन्
मात्र त्यसको लागि मसँग
समय अति थोरै छ ।
(प्रेरणा स्थापित साहित्यकार हुन्)
[email protected]