English Poem
बादल फाट्नु
सिरसिर बतास चल्नु
फूलहरू फुल्नु
तिमी हुनु
म पनि हुनु
पखेटा हुनु
अनि हामी
उड्दै बस्दै
बस्दै उड्दै हुनु
बूढो कहिल्यै नहुनु
पीर नहुनु
बाधा नहुनु
अभाव नहुनु
त्रास नहुनु
मृत्यु नहुनु
यी कल्पनाहरू
सधैँसधैँ सत्य हुनु।
(मेचीनगर, झापानिवासी दाहाल पछिल्लो पुस्ताकी सर्जक हुन्)
[email protected]