• २०८० मंसिर १५ शुक्रबार

म्यारिज

धनराज गिरी

धनराज गिरी

आहा म्यारिज त्यो बडो गज़बको मेस्सी गिरी हो कड़ा
खेलाडी धनराज हो नगरमा साथी थिए है बड़ा
आयो माल भने गने नगद रे बाजी भए धानियो
साथी अल्टर भो कमाल अहिले चालीस पो जानियो

पैले पप्लु थियो प्रमोसन भयो चक्की बड़े आठ रे
यो एक्काइस भो बडो विकट भो त्यो तेह्रको पाठ रे
रोनाल्डो बनियो सुमार्ग खनियो हात्ती पसे वासमा
बानी भो मनराज़को अगतिलो जित्ने उही आशमा

आयो त्यो शनिबार खाल रसिलो ती रायमाझी थिए
पाण्डे शुक्ल थिए र ठाकुर कड़ा बाटो सबैले लिए
कठ्ठा तीन अझै छ है लहड़मा आयो जुवाले दियो
बानी यो गतिलो थिएन धनको छाडेर पानी पियो

पत्ती तीन कड़ा फरास भनिने एक्का भए तीन रे
लक्ष्मी मालिक भो जित्यो नगद रे भो भो धनी दीन रे
जे-जे जोखिम हो यहाँ भुवनमा सारा जुवा जानियो
खेलाडी सब हौँ अनेक जगमा खाले भनी मानियो

कौड़ा तास परे खुला अगतिला पासा र बुर्जाहरू
बाँकी धेर जुवा हुने मुलुकमा सारा जुवा यी अरू
खाले मानिस हो अदृश्य भवमा यी कर्म सारा जुवा
को खेल्दैन सखा धनी हुन भनी हो यो जुवा नै खुवा !!


(गिरी चर्चित साहित्यकार हुन्)
[email protected]