ऊ
उपमा,
उज्जयनकी उमा
ऊ
उत्सुकताको उज्यालो उभाएर
उदारताको उकालो उक्लँदै
उत्थानको उत्तरायणमा
उदाएकी ऊर्मि
ऊ
उर्मिला,
उजाड उत्तिसमा
उन्दैछ उत्साहको उमङ्ग
उँधौलीको उँभो
उँभौलीको उँधो
उताउतिको उन्नत उत्सवमा
उच्चाकाङ्क्षाको
उलिनकाठ उचालेर
उदयदेखि उषासम्म
उखुम उजेलियो
उसको उर्वर उत्तरदायित्व
ऊ
उदार उद्देश्यका उजुरीहरू
उत्तरपुस्तिकामा उतारेर
उखेल्दैछ उग्रवादको उन्यू
ऊ
उदायकी उत्तरा
ऊ
उत्कर्षकी उध्र्वरेखा
ऊ
उदित उध्र्वमूल
ऊ
उज्ज्वल उक्तिकी
उत्तीर्णउच्चैः श्रवा ।
(प्रस्तुत कविता वर्णवैचित्र्यको एउटा प्रयोग हो । रचनामा उचित शब्दको शब्द योजना बनाई शब्दालङ्कारद्वारा उही वर्णबाट वर्णनात्मक प्रयोग गरिने प्रयोगलाई वर्णवैचित्र्य भनिन्छ ।)
चर्चित कवि तथा साहित्यकार
[email protected]