• २०८२ फाल्गुन २१, बिहीबार

मिश्रको ‘भगवद्गीताको मर्म: दर्शन र अर्थपूर्ण जीवन’ सार्वजनिक

काठमाडौं ।

दर्शनशास्त्रका प्राध्यापक एवम् पूर्वनिर्वाचन आयुक्त प्रा. डा. वीरेन्द्र प्रसाद मिश्रको पुस्तक ‘भगवद्गीताको मर्म: दर्शन र अर्थपूर्ण जीवन’ सार्वजनिक गरिएको छ ।

यो पुस्तकभित्र भगवद्गीताको मर्मसहित तीन भागमा विभिन्न कृतिमाथिको दार्शनिक अध्ययन प्रस्तुत गरिएको छ । पुस्तक डा. कृष्ण चन्द्र मिश्र पब्लिकेशन प्रालिले बजारमा ल्याएको हो । उनका यसअघि अंग्रेजी नौ, हिन्दी तीन र नेपाली भाषामा चार पुस्तक प्रकाशित छन् ।