• २०८३ मंसिर १२, शुक्रबार

धम्की !!

 धनराज गिरी

धनराज गिरी

म समय, मेरो प्रोफेसर गणतन्त्रवादी, अझ स्वछन्दवादी, मर्यादित जीवन बिताउने, फुक्काफाल भएर, बिन्दास चितवने गैंडा, म समय, मेरो प्रोफेसरलाई चिन्ने, म, मेरी सहेलीहरू सात, नाम लिन्न, मेरो प्रोफेसर ढुक्कनारायण चौधरी आशुतोष कुमारकान्त प्रशान्त किशोरनाथ रफीयोलोजी गोर्वाचोभ सप्रोस्की गिरोस्की प्रेमोपाध्याय मकवानपुरे सन्न्यासी बाह्रहाते नाम, बेफोवादिप्या, निसमालोचनाको लागि, एक बुज्रुक, अग्रज, मान्यो, अलि बढी, हेपाहा र चेपाहा भित्री, हेर्दा अति भलाद्मी, हेर्दा, पीतनारायण, मीतावतार, त्रेतायुगे, नाता मीठो, गुलियो, तर, म समय, मेरो प्रोफेसर, अलि ब्लन्टर खास हो, दास होइन, बेखौफ प्रोफेसर, अजेय, विवेकी र सहयोगी पनि, थाहा छ, सटही दर, ! बैगुन  ९९९ गुन । ४३ बर्षको नाता, ४३ मिनेटमा खरानी, अझ सेकेन्ड ! थाहा छ । कथारम्भ

गुरुजी, ऋषिकेश शाहले किरणकान्त इलामीलाई भन्नुभएको रहेछ, जीवनमा अग्रगमन चाहने हो र खास केही गर्ने हो, आत्मोन्नतिको लागि, ईप्सा छ भने, आमाबा, गुरु, ईश्वर, राजा यी सबैलाई उछिनेर अघि जानुपर्छ । यिनीहरू तगारा बन्ने सम्भावना । यही भएर म अग्रज अग्रज, भनेर सनातनी, जदसूत्रवादी, कठमुल्लावादी अग्रजहरूसित सहमत हुन सक्दिनँ । म त बहस गर्छु । प्रश्न गर्छु । प्रोफेसर, अग्रज हितनारायण शहीदशरण लेखकसित ।

म मान्दिनँ । त्यस्तो पनि हुन्छ ? ती शाह को हुन् ? लेखकजी कडा प्रतिवादमा । बहस भयो । नरम गरम । सभ्य भाषामा, ओलीजी र माधवजीको अवस्थामा पुग्यो। प्रोफेसरले एक उदाहरण दियो सुकरात र ज्योतिषको, कपिल अज्ञातको ! कडा थियो । लेखकजी दुर्वासा बने । सह्य भएन छ, त्यो दिनको राशिफल के थियो कुन्नि, धम्कीको भाषा बोले, प्रोफेसर साहेब, यसरी वादविवाद भए, आफैंलाई अजासु, बजासु र बौद्धिकताको ओभर डोज माने, ठाने, अरूको कुरै नसुने त फेरि नोक्सान होला नि, मित्र गुमाउने सम्भावना हुन्छ नि ! मित्र गुमाइएला ! ? लेखक, ताते ।

धम्की ! यो त पूरा धम्की । प्रोफेसर मज्जाले हाँस्यो, काशीनाथ अधिकारी स्केलमा, र, नरम भाषामा भन्यो, गुरुदेव, हनुमानले राम गुमाए, रामले हनुमान नगुमाउने ? वीपीले महेन्द्र गुमाए, महेन्द्रले वीपी नगुमाउने ? अपरिहार्य हो यो नाता ? हजुरबाट, कमसेकम, मैले यो कुराको अपेक्षा गरेको थिइनँ । सटही दर त गज्जब रहेछ, ! अवगुण ११४३ गुण । ? रुवाह गुरुदेव, वाह ! नमन ! वार्ता सकियो ।

तर धम्कीको आयु ३ सेकेन्ड । अग्रज विवेकी ! प्रोफेसर त दोब्बर विवेकी ! वार्तालाप मीठो, हिसाब मिल्यो । अग्रजले आफ्नो विशाल हृदयको परिचय दिए । प्रोफेसरले पनि आई एम सरी भन्न लाज मानेन । प्रोफेसरको मितवा प्रोफेसर जगमोहन आजादले सिकाएको थियो, सम्बन्ध जोगाउन झुक्नू, तर बार बार एक जना मात्र झुक्नुपरे रुक्नू ! सरी भन्नू ! टाट भइन्न ! अमल गर्यो चौधरीले । नाता, निर्मल, विमल, कञ्चन । सुकरात र गोपीको जस्तै !
म समय, अब लाग्छु अयोध्यातिर ।


धनराज गिरी