समाचार
काठमाडौँ ।
पद्मश्री पुरस्कारबाट सम्मानित साहित्यकार सानु लामाको स्मृतिमा बुधवार गान्तोकमा स्मृति दिवस पालन गरिएको छ । समारोहमा उनका दुई साहित्यिक कृति र जीवन तथा योगदानमा आधारित स्मृति ग्रन्थ गरी तीन पुस्तक लोकार्पण गरियो । यस अवसरमा नेपाली विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी रूवाहाङ राईलाई २५ हजार रुपैयाँको सानु लामा छात्र पुरस्कार प्रदान गरियो ।
सानु लामाले सिक्किमको नेपाली भाषा–साहित्य, कला र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउनु यस स्मृति दिवसको प्रमुख महत्त्व हो । उनका अप्रकाशित साहित्यिक कृतिलाई पाठकमाझ ल्याउनुका साथै विद्यार्थीलाई सम्मान गर्ने पहलले साहित्यिक सिर्जना र अध्ययनप्रति प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
