ग्वाटेमालाको कविता
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तकमा कर्णालीको अवस्था र भविष्यलाई समेटिएको बताएका छन् । डा. दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित पुस्तकको बिहीबार सुर्खेतमा आयोजित परिचर्चामा शाहीले भने,“लेखकद्वयले तथ्य सहित लेख्नुभएको छ, १७ लाख कर्णालीवासीको भविष्य देखाउन खोज्नुभएको छ ।”
पुस्तकको प्रचारप्रसारका लागि प्रदेश सरकार तयार रहेको पनि बताए । कर्णालीका सम्भावना, विकासका आधार र चुनौतीलाई आम नागरिकसम्म पु¥याउन यस्ता प्रकाशनले सहयोग गर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारको चार महिनाको कार्यकालमा एक संशोधित विधेयकसहित पाँचवटा कानुन निर्माण गरेर प्रदेशसभामा पेस गरिएको जानकारी दिए । प्रदेशको पुँजीगत खर्च बढाउन पहल भइरहेको र राजस्वको दायरा फराकिलो बनाउन सरकारले प्रयास गरिरहेको उनले बताए । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट कर्णालीले सभ्य र सकारात्मक सन्देश दिन लागेको उल्लेख गर्दै उनले प्रतियोगिता सफल बनाउन सरकार लागिरहेको जानकारी दिए ।
