१. जून र प्वाँख
चन्द्रमाले मेरा हातमा राखी दियो एउटा प्वाँख
लाग्यो मैले पाएँ केही गीत जस्तो
जून हाँस्यो र भन्यो-
पहिला सिक कसरी गाइन्छ, गीत !
२. त्यो दिन
त्यो दिन ऊ यस्तो बेगले आई
तहस- नहस भयो मेरो एकाकीपन ।
अनुवाद: राजेन्द्र शलभ