• २०८३ मंसिर ५, शुक्रबार

चेतन काफ्लेका तीन मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

एकः
ममताले पठाएको कोसेली खाएँ भन्यौ,
जन्मदिनको बहुमूल्य उपहार पाएँ भन्यौ ।
मधुवनमा भेट्ने निम्तो पठाएको थिएँ
उत्तरमा न नाइँ भन्यौ, न त आएँ भन्यौ ।

दुईः
गाउँघरमा बाली थन्क्याउने चटारो छ,
कतै छोड्न तयार, कतै कुटिल झटारो छ ।
पेसा, खेती र नियति आ–आफ्नै छन्
सहरमा सरकार बदल्ने हतारो छ ।

तीनः
महँगीले भुइँमान्छे टिक्नै नसक्ने सहर भो,
खाऊँ कि ओकलूँ, सहरको बसाइ केवल रहर भो ।
स्याउका बाकसले न्याय छिन्न थालेपछि देशमा
न्यायको तराजु बिचौलियाको औजार ठहर भो ।


चेतन काफ्ले