• २०८३ मंसिर २, मंगलवार

नइ एकेडेमी अस्ट्रेलियाबाट १४ जनालाई पुरस्कार

काठमाडौं ।

नइ एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ । नइ एकेडेमी अस्ट्रेलियाले विज्ञप्ति जारी गर्दै नेपाली समुदायको पहिचान, सांस्कृतिक सम्पदा र सामाजिक विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई गएको चार वर्षअघिदेखि पुरस्कार प्रदान गर्दै आएको छ । एकेडेमीबाट बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा. कृष्ण हमाललाई सम्मानित गरेको छ । त्यस्तै, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाललाई पुरस्कृत गरिएको छ ।

नेपाली तथा अस्ट्रेलियन समुदायको विकासमा योगदान पु¥याएबापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ । नेपाली साहित्यमा लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान दिने डा. भरत पौडेललाई एक हजार डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । अस्ट्रेलिया इन्कर्पोरेटेड र पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि आचार्य राजन शर्मालाई नइ पुरस्कार प्रदान गरिएको छ । संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क सामुदायिक संस्थाका रूपमा सम्मानित भएको छ ।

पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पु¥याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा. राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन् । संगीततर्फ निशा केसी र उदीयमान गायक तथा संगीतकर्मी ‘तिखतार’लाई पनि पुरस्कृत गरिएको छ । नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदानका निम्ति राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक अध्यक्ष सीमा रोशीले जानकारी दिइन् ।