• २०८३ कार्तिक १८, मंगलवार

सरितको कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ प्रकाशित

काठमाडौँ ।

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सातौं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा आएको छ । २०३५ सालदेखि नै निरन्तर लेखन यात्रामा लागेका सरितको सातौं कथासङ्ग्रह भर्खरै भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । उक्त कृतिमा २४ कथा सङ्गृहीत छ ।

नेपाली लेखनमा लोकप्रिय उनका दिदीको देवर, एकजोर फूलघोडा, जस्केलोबाट चियाउने सूर्य, सरितका प्रतिनिधि कथा, ऋतु फेरिदै जान्छ, डाइभर प्रकाशित छन् । कथा, कविता, गीत, गजल, मुक्तक, समीक्षा, नियात्रा, उपन्यास लेखनमा उनको उल्लेख्य योगदान छ।साहित्यिक पत्रकारिताको पनि सक्रिय उनको खरायोको खोरमा, बाटुली, मेरी छोरी मान्या, बालकथाकृति प्रकाशित छन् । फुटकर रूपमा उनको दर्जनौ कथा प्रकाशित छन् ।

नेपाली साहित्यमा सुललित भाषाा र सुन्दर शैलीका धनी लेखकका रूपमा परिचित छवि बनाएका छन्। उक्त कथासङ्ग्रहमा प्राडा दयाराम श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ जसले सङ्गहका कथाहरूको विहङ्गम समालोचकीय दृष्टकोण प्स्र्तुत गरेको छ। उक्त कृतिको मूल्य ४९० छ ।