समाचार
काठमाडौँ ।
स्रष्टा श्रेया पोखरेलद्वारा लिखित उपन्यास ‘ब्लम त्जभथ क्बथ क्ष्त’क भ्ब्क्थ्’ लोकार्पित भएको छ । मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जीवन पोखरेलको सभाध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकार्पित उपन्यास माथि सोनु पुडासैनी र च्यवनमणि पोखरेलले समीक्षा गर्नुभएको थियो ।
भद्रपुर, वडा न १० को वडा कार्यालयमा शनिवार आयोजित कार्यक्रममा वक्ताहरूले युवा उमेरमै साहित्यिक क्षेत्रमा पाइला चालेर पहिलो कृति प्रकाशन गर्न सफल भएकामा लेखिका पोखरेलको प्रशंसा गरेका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कृतिकार श्रेया पोखरेलले आफ्नो पहिलो कृतिबारे जानकारी गराउँदै पुस्तक लेखनको अनुभव र सिर्जनात्मक यात्राबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा गोविन्द कोइराला, विशेष अतिथि सन्तोष कोइराला र प्रमुख अतिथि गणेश पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बक्ताहरुले लेखिका पोखरेलको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय रहन शुभकामना दिएका थिए । भद्रपुर नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्घोषण सुभाष भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा कृतिकारका बुवा बसन्त पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । २१ वर्षकै उमेरमा पहिलो कृति प्रकाशन गर्न सफल पोखरेलको साहित्यिक प्रयासलाई सहभागीहरूले उत्साहजनक रूपमा लिएका थिए ।
