• २०८३ कार्तिक १०, सोमबार

जय छाङ्छाको काकरभिट्टादेखि ‘दोधारा–चाँदनी’ प्रकाशित

काठमाडौं ।

नियात्राकार जय छाङ्छाको नयाँ नियात्राकृति ‘काकारभिट्टादेखि दोधारा-चाँदनी’ प्रकाशित भएको छ । नियात्राकृतिहरूका साथै नियात्रा विधाका सैद्धान्तिक पुस्तकहरूसमेत गरेर १६ वटा कृति बजारमा ल्याइसकेका छाङ्छाको यो १७औँ पुस्तक हो । सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको कृतिको मूल्य ६२० रुपैयाँ रहेको छ ।