लुकाएर राखे, नचाखे बिहानै
परी होश गर्नू, नडाके बिहानै !
खजाना जवानी सुधा जिन्दगीको
लुटेराहरूको क्षुधा जिन्दगीको !
गरे होश गोरी जमाना शिकारी
बसेको छ् दाह्रा र नङ्ग्रा तिखारी ।
किशोरीहरूको कथा वेदनाको
बुझेको छु नानी बनी आज पाको !
भयो प्रीत भन्दै फलाकेर आए
बनी प्रेमिका नै यही गीत गाए ।
गयो जिन्दगानी हुने हो खरानी
हुने मात्र धोका रुझाई सिरानी !
नआगो न पानी जवानी दशा हो
यहाँ प्रीत सानी सडेको नशा हो ।
बनाएर जोडी गरे हुन्छ लीला
बनी राम सीता सखी दीपनीला !
लगी हाट बेच्ने गरेमा जवानी
यही रोग लाग्ने डुबाई लगानी ।
बनाएर सीमा चले आज गोरी
गरे कर्म राम्रो लगे चित्तचोरी !
धनराज गिरी